काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज बिहीबार २० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्नसक्ने गरी उक्त परिमाणमा ऋणपत्र जारी गर्न लागिएको हो ।
परिपक्व हुुने अवधि २८ दिन तोकिएको यो निक्षेप उपकरणको सावाँ ब्याज भुक्तानी मिति २०७७ माघ १५ गते तोकिएको छ । निक्षेप उपकरण खरिदको लागि घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको सीमा तोकिएको छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्न सकिनेछ ।
यसअघि यही पुस २ गते पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण गरेको थियो । परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ ब्याज भुक्तानी मिति अवधि भने २०७७ माघ १ गते तोकिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया