काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यससँगै वेस्ट इन्डिज ‘ए’ ले अब पहिला ब्याटिङ गर्नेछ ।
नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् ।
बेन्चमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख छन् ।
त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस छन् ।रासस
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया