गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा
काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको यही माघ ३० गते शुक्रबार सम्पन्न सभाले सेयरधनीहरूलाई १३ दशमलव पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूहतर्फ सञ्चालकहरू श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूहतर्फबाट बिमल पाण्डे, सञ्जिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भएपछि बसेका बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको १३ दशमलव पाँच प्रतिशत बोनश सेयर वितरणपश्चात् चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । सभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गतेसम्मका यस विकास बैंकका सेयरधनीले मात्र साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन् गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया