सन्तोषी निर्माण कम्पनीका सञ्चालक केशवराज कँडेलद्वारा दुई करोड ८२ लाख राजस्व छली
काठमाडौं ।
सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशक केशवराज कँडेलले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी दुई करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको छ । कँडेलको निर्माण कम्पनीले अन्य दुई निर्माण कम्पनीसँग मिलेर सर्वसाधारण व्यक्तिहरूको नागरिकता र सहीछाप दुरूपयोग गरी उनीहरूको नामबाट फर्महरू खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूअकर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागले भरतपुर महानगरपालिका वडा नं. २ स्थित सन्तोषी निर्माण सेवा प्रालि (स्थायी लेखा नं. ३०००११३१७)का सञ्चालक, सन्तोषी/लोहनी जेभी (स्थायी लेखा नं. ६०३४४४०३८) र सन्तोषी/रौताहा जेभी (स्थायी लेखा नं. ६०३२८६३५९)का लिड पार्टनर एवं मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाविरुद्ध दुई करोड ८२ लाख चार हजार छ सय दुई रूपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उक्त तीनवटै कम्पनीका मुख्य सञ्चालक केशवराज कँडेल, उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल रहेका छन् ।
विभागका अनुसार सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ६७ लाख ९५ हजार छ सय ५६ रूपैयाँ र आयकरतर्फ एक करोड २१ लाख ३१ हजार चार सय ५७ रूपैयाँ गरी एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ राजस्व चुहावट गरेको छ । त्यस्तै सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ३३ लाख ३१ हजार २२ रूपैयाँ र आयकरतर्फ ५९ लाख ४६ हजार चार सय ६८ रूपैयाँ गरी ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
विभागले सन्तोषी/लोहनी जेभी, सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणका सञ्चालक एवं मुख्य कारोबारी केशवराज कँडेल, सञ्चालहरू उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेललाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन–२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विभागले सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणलाई एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ र सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणलाई ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ बिगो रकम असुलउपर गरी जरिबाना र कैद सजाय माग दाबी गरी मंगलबार उच्च अदालत पाटनमा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया