राजस्व छली गर्ने अभिनास इन्टरनेशलविरुद्ध मुद्दा
काठमाडौं ।
नक्कली भ्याटबिलमार्फत राजस्व छली गर्ने अभिनास इन्टरनेशलविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले झूटो तथा नक्कली मूअ कर बीजक प्रयोग गरी राजस्व छली गर्ने पर्सा जिल्ला, बेलवा गा.वि.स.–छ बस्ने अभिनास इण्टरनेशनल प्रालिको सञ्चालक प्रविन्द्र साह गोढ समेतबाट पाँच करोड २९ लाख ८५ हजार एक सय २९ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी यही चैत २४ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।
उक्त कम्पनीका सञ्चालक प्रविन्द्र साह तथा उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक जारी गरी उक्त फर्महरूबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको देखिएको छ । ती कम्पनीहरुले विभिन्न फर्महरूलाई नक्कली एवं झूटो बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्यअभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको छ ।
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मू.अ. करतर्फ एक करोड ८९ लाख ४२ हजार नौ सय ३२ रुपैयाँ, आयकरतर्फ दुई करोड ९७ लाख १५ हजार आठ सय ३१ र लाभांश करतर्फ ४३ लाख २६ हजार तीन सय ६५ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट राजस्व गरेको वारदात स्थापित हुन आएकोले सञ्चालक प्रविन्द्र साह गोढ तथा उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया