इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण
तेहरान ।
इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताएका छन् । इरान आणविक ऊर्जा संगठन (आईएईओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतंकवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निकृष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि साहेलीले बताएका छन् । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उनले जानकारी दिएका छन् । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने उनले बताएका छन् ।
सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए । तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउदै आएका छन् । यस घटनामा कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको इरानको फार्स न्यूज एजेन्सीलाई सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया