मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले र भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघबीच सम्झौता भएको छ । बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् ।
मेगाले भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उद्यमीहरूलाई बैंकको सम्पूर्ण सुविधाहरूका साथै क्यूआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकको विश्वासरहेको छ ।
मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीहरूलाई बैंकको नजिकैको शाखा कार्यालयहरूमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगाले विनाधितो सहुलियपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया