धनाढ्य ग्राहकलाई क्रिप्टो फन्ड अफर गर्दै अमेरिकी बैंक
अमेरिका ।
अमेरिकामा रहेका ठूलामध्ये एक वेल्स फार्गोले धनाढ्या ग्राहकहरुलाई भर्चुअल मुद्रामा आधारित क्रिप्टो फन्ड अफर गर्ने भएको छ । भर्चुअल मुद्राहरुको तीव्र अवमूल्यन भइरहँदा बैंकले भने क्रिप्टोकरेन्सी फन्ड घोषणा गर्न लागेको हो ।
बीबीसीका अनुसार बैंकले बुधबार व्यावसायिक रुपले व्यवस्थापन हुने कोष धनाढ्य ग्राहकका लागि घोषणा गर्ने तयारी गरेको छ । उसले कम जोखिमका लागि योग्य लगानीकर्ता लक्षित कोष ल्याउन लागेको हो ।
चीनले कारोबारमा प्रतिबन्ध लगाएसँगै बिटक्वाइनको अवमूल्यन हुने क्रम बढिरहेका बेला बैंकले यस्तो घोषणा गरेको छ । बिटक्वाइन पछिल्लो समय तीन महिनायताकै न्यून मूल्यमा रहने क्रममा ३४ हजार अमेरिकी डलरमा झरेको छ भने डजक्वाइन र एथेरियमजस्ता अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि खस्किरहेको छ ।
द वेल्स फार्गो इन्भेष्टमेन्ट इन्स्टिच्युटले एउटा रिपोर्टमा डिजिटल क्वाइनलाई वैकल्पिक लगानीका रुपमा लिएको उल्लेख गरेको छ । उसले क्रिप्टोकरेन्सीहरु पनि अन्य सम्पत्तिजस्तै चिरस्थायी र उपयुक्त भएको दाबी गरेको छ ।
पछिल्लो समय अमेरिकी बैंकहरुले बिटक्वाइनमा कारोबार सुरु गरिरहेका छन् । सोही कारण बिटक्वाइन मूलधारे मुद्रा बन्दै गइरहेको छ । गत मार्च महिनामा लगानीसम्बन्धी अमेरिकी बैंक मोर्गान स्टान्लेले जोखिम वहन गर्दै बिटक्वाइन कोष बनाउने पहिलो बैंक भएको थियो । त्यस्तै जेपीमोर्गान चेसले पनि आफ्ना ग्राहकलाई यस्तैखाले कोष ल्याउने तयारी गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया