३८ हजार प्रहरीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार नौ सय ६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार एक सय ६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो । ६९ हजार बढी प्रहरी छन् ।
अत्यन्त जोखिमपूर्ण रूपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रूपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगञ्जमा बुधबार र बिहीबारसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार तीन सय ११ लाई खोप लगाइएको छ । यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका चार सय ३४, महानगरीय प्रहरी परिसर काठमाडौँ तथा मातहत वृत्तमा समेत गरी एक हजार ४८, महानगरीय प्रहरी परिसर ललितपुरका दुई सय ५० र महानगरीय प्रहरी परिसर भक्तपुरमा तीन सय ५० लाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबारसमेत थप खोप लगाइने जनाइएको छ ।
२१ हजार जरिवाना सङ्कलन
निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार सात सय २३ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये चार सय ५५ गाडी र एक हजार दुई सय ६८ मोटरसाइकल छन् ।
सो क्रममा नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा छ सय १५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रूपैयाँ जरिवाना गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया