काठमाडौं ।
नेपाल आयल निगमले घाटा देखाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने चलनलाई यसपटक पनि दोहो¥याएको छ । निमगले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्यले आमउपभोक्तालाई ठूलो समस्यामा पारेको छ । पेट्रोलको मूल्य वृद्धि हुँदा न्यून आय भएका उपभोक्तालाई खासै ठूलो आर्थिक बोझ नपर्ने भए पनि डिजेल र मट्टितेलको मूल्यवृद्धिले आम उपभोक्तालाई ठूलो झड्का लागेको छ ।
आयल निगमले शनिबार रातिदेखि नै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । हवाइ इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फको वृद्धि गरेको छ । सरकारले लक डाउन खोल्नासाथ आन्तरिक उडान हुँदा प्रत्यक्ष रुपमा नेपाली उपभोक्ता नै महंगीको मारमा पर्ने हुन् ।
आयल निगमको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर एक सय आठ रुपैयाँ र आन्तरिकतर्फको हवाइ उडानतर्फको मूल्य ८० रुपैयाँ तोकिएको छ । लकडाउन भएपछि निगमले दोस्रो पटक मूल्यवृद्धि गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया