इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने
काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । प्राप्तिसम्बन्धी प्रक्रियाको लागि इन्फिनिटीले यही असार २१ गते गते विशेष साधारणसभाको आह्वान गरेको छ भने नेपाल एग्रोले पनि सोही मितिमा पाँचौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ ।
नेपाल एग्रोले विशेष सभामार्फत प्राप्तिसम्बन्धी प्रक्रियाको लागि नेपाल एग्रोको एक सय कित्ता सेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार चार सय ७० रुपैयाँ रहेको नेपाल एग्रोले गत आवको खुद मुनाफा समेत जोडेर १४ प्रतिशत अर्थात् ८० लाख १४ हजार दुई सय २६ रुपैयाँबराबरको बोनस सेयर दिएपश्चात् उक्त संस्थाको चुक्ता पुँजी छ करोड ५२ लाख ५८ हजार छ सय ९६ रुपैयाँ पुग्नेछ ।
यसैगरी इन्फिनिटी लघुवित्तको भने हाल चुक्ता पुँजी २६ करोड छ लाख ४९ हजार नौ सय ५० रुपैयाँ रहेको छ । नेपाल एग्रोलाई प्राप्ति गरेपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी ३२ करोड ५९ लाख आठ हजार छ सय ४६ रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया