मिति नाघेका डेबिट कार्डमार्फत ३४ लाख चोरी
काठमाडौं ।
मिति नाघिसकेका डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएमबाट ३४ लाख रुपैयाँ चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार ‘डेट एक्सपायर’ डेबिट कार्ड प्रयोग गरी रकम निकालेको आधारमा सोलुखुम्बु घर भई भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने ३० वर्षीया सावित्री गुरुङ पक्राउ परेका हुुन् ।
उनीहरूले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटीएम मेसिनबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी पैसा निकालेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट विशेष टोली परिचालन गरी खोजी गर्दा उनीहरूले चोरीको केही रकमसहित पक्राउ गर्न सफल भएको उनले जानकारी दिए ।
उनीहरूको साथबाट २१ लाख रुपैयाँ बरामद भएको उनले बताए । प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिहरूले लोयड्स भिस डेबिट कार्ड लण्डन (डेट एक्सपाइर भएको) कार्डबाट चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनीमा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको खुुलेको छ । उक्त रकममध्ये १० लाख ५० हजार रुपैयाँ सहकारीमा राखिएको समेत अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका ती व्यक्तिहरूउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया