काठमाडौं, माघ ८
कृषि विकास बैंक ५३औं वर्र्षमा प्रवेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ५३आंै वार्षिक उत्सव समारोहको डिजिटलाइजेशन पद्धतिबाट उद्घाटन गरे । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले डिजिटलाइजेशन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरहरू शाखा बर्जु, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउँ, सुकटीया, ओदानकु महावै र एक्सटेन्सन काउन्टर धुलिखेलसमेत गरी १६ वटा कार्यालयको समेत उद्घाटन गरेका छन् । वार्षिक उत्सवमा खतिवडाले बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई आजसम्म आइपुग्दा र बैंकको कर्जाको आकारलाई हेर्दा सानाभन्दा साना किसानहरूलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गर्दै भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियतपूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रहसमेत गरे । कर्मचारी युनियहरूको भनाइ सुन्दा उनीहरूको गतिविधि संस्थाको मूलभूत काममा केन्द्रिकृत भई आफ्ना ट्रेड युनियन गतिविधि गरेकोमा प्रशंसासमेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको आर्थिक अवस्था सवल सुदृढ ढंगले अगाडि बढिरहेकोले सबै लगानीकर्ताहरूलाई ढुक्कसँग लगानी गर्नुहुन आग्रह गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकले कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागू गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गर्दै बैंकिङ व्यवसाय आफैँमा जोखिम व्यवसाय भएकोले सचेतपूर्वक आन्तरिक नियन्त्रण प्राणालिलाई थप बलियो बनाउनसमेत आग्रह गरे । नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष भुवनकुमार दाहाल, पूर्वअध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, बैंकका पूर्वउपमहाप्रबन्धक शंकरमान श्रेष्ठले कृषि विकास बैंकले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा थप बलियो बैंकको रूपमा रहन सकोस् भनी शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकका गतिविधिहरूमाथि प्रकाश पार्दै बैंकलाई प्रत्यक्ष एवं परोक्षरूपमा सहयोग पु¥याउने सबै निकायहरूप्रति आभार व्यक्त गरे ।
बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समयअनुसारको मागबमोजिम बैंकका सेवाहरूलाई अध्यावधिक गराउँदै लगेको बताए । कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, सम्मान हुने बैंकका अग्रजहरूको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरूको नामावलीसमेत घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया