नर्भिकमा शनिबार युरोसर्जनको निःशुल्क ओपीडी सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।
प्रोस्टेट ठूलो भएका, मिर्गौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्रि ओपीडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ । नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिवार डा. द्वयले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।
निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने बताइएको छ ।
यसअघिको शनिबार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपीडी सेवा दिएका थिए । उनीहरुको निःशुल्क ओपीडी सेवामा बिरामीहरुको थामिनसक्नु भीड लागेको थियो । नर्भिक अस्पतालका सीईओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
- महासचिव गुटेरेस र सचिव लम्सालको भेटघाट
- ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज मनाइँदै
- प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस
- तीन दिनसम्म पश्चिम तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
- भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
- नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
- नौ सय मेगवाट बिजुली थप गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया