राष्ट्र बैंकद्वारा पाँच अर्ब रुपैयाँको ट्रेजरी बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही भदौ २१ गते पनि राष्ट्र बैंकले छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति भदौ २९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएको राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिएको उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको ९१ दिने अवधिको रहेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ मंसिर २८ गते तोकिएको छ । यसअघि यही भदौ २१ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ गरी छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया