काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेबाट नयाँ नोटको सटही सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरमा नयाँ नोट सटही गरिदिने व्यवस्था गरिएको हो ।
अहिले कोभिड १९ को संक्रमण क्रमशः कम हुुँदै गएको र यो अवस्थामा अनावश्यक भीडभाड नहोस् भनेर छिट्टै नयाँ नोटको वितरण कार्य सुरु गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ । सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले अहिले नै दशैँ तिहारको लागि नयाँ नोट लगिसकेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणहरुले राष्ट्र बैंकका क्षेत्रीय तथा प्रादेशिक कार्यालय, केन्द्रीय कार्यालय, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुबाट नोट सटही गर्न सक्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया