मेगा बैंककी डेपुटी सीईओ रविनालाई सरकारबाट विभूूषण
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुुन् ।
डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । राष्ट्रपतिद्वारा विभूषित उनै व्यक्तित्व श्रेष्ठको संलग्नता रहेको मेगा बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुुई अर्ब ३० करोड २५ लाख ८६ हजार दुुई सय ८७ रुपैयाँ खुद मुनाफा आर्र्जन गरेको छ । अघिल्लो आव को सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५८ करोड ६२ लाख १४ हजार नौ सय २२ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख पाँच हजार २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ८० करोड ४६ लाख ६८ हजार एक सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १६ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरयोग्य नाफा एक अर्ब ५१ करोड ५८ लाख ४५ हजार ८२ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १४ हजार पाँच सय दुई रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४९ करोड ३३ लाख ४१ हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १७ करोड ७४ लाख आठ हजार चार सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पौडेललाई थुनामा पठाउने आदेश
- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण
- पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
- सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
- धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
- सेयर बजारले पत्याएन बजेटलाई
- ‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
- गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया