माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने
काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत अर्थात् करसहित एक अर्ब २६ करोड ७४ लाख ३२ हजार छ सय ३२ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको चार सय ५१ औं सञ्चालक समितीको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । सोमध्ये १३ दशमलव ३० प्र्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको रूपमा रहेको छ ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ३६ करोड छ लाख ८१ हजार छ सय ३७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २६ करोड ५१ लाख ५० हजार छ सय ६३ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौं अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३२ करोड ६० लाख ९९ हजार नौ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १३ करोड २७ लाख ३५ हजार छ सय ४९ रुपैयाँ रहेको छ ।
अघिल्लो सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार एक सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया