अन्तःशुल्कको स्टिकरको मुद्दा सुनुवाइ हुँदै
काठमाडौं । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स प्रालिविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै छ । नेपाली कम्पनीहरुलाई पनि आवश्यक कानुन र ऐन बनाएर प्रतिस्पर्धा गर्न दिनु भन्ने सर्वोच्चको आदेशविपरीत लाइसेन्स नै नभएको भारतमा आधारकार्ड छाप्न समेत अयोग्य घोषित भएको भारतीय कम्पनीलाई अन्तःशुल्क स्टिकर प्रिन्ट गर्न दिने आन्तरिक राजस्व विभागको निर्णयविरुद्ध नेपाली कम्पनी मिराज प्रिन्टिङ सोलुसन्स प्रालिले दायर गरेको रिटको सुनुवाइ यसअघि कात्तिक ८ गते सोमबारलाई तोकिए पनि आन्तरिक कारण भन्दै सुनुवाइको लागि आजको मिति सर्वोच्चले तोकेको थियो ।
आन्तरिक राजस्व विभागमा माओवादी केन्द्रबाट अर्थमन्त्री भएर आएका जनार्दन शर्माले नियुक्ति दिलाएका शोभाकान्त पौडेलले आफूले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नासाथ विभिन्न देशमा अयोग्य घोषित, कालोसूचीमा समेत परी अयोग्य रहेको र नेपालकै लाइसेन्स छाप्ने अनुमति लिएर छाप्न नसकेको भारतीय कम्पनीलाई एक अर्ब २७ करोड बराबरका अन्तःशुल्क स्टिकर छाप्न दिने आशयको सूचना प्रकाशित गरेका थिए ।
सर्वोच्चको यसअघिको आदेशकै उल्लंघन गरेको आन्तरिक राजस्व विभागविरुद्धको रिटमा अन्य देशको कपनीहरुसँगै नेपाली कम्पनीहरुलाई पनि प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने तथा अहिलेको ठेक्का रद्द गर्नुपर्ने माग गरिएको छ । यसअघि पनि यो मुद्दामा सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै यो ठेक्का यथास्थानमा राख्न र ठेक्का नदिन आदेश दिइसकेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया