सीमा नाका तातोपानीबाट दैनिक ३० कन्टेनर भित्रिन थाले
सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी सीमा नाका तातोपानीबाट दैनिक ३० कन्टेनर भित्रिन थालेका छन् । चार्डपर्व नजिकिएसँगै दशैका मालसामान बोकेर कन्टेनर नेपाल भित्रिन थालेको हो । भूकम्प र भोटेकोशी बाढीको समस्याबाट थलिएको तातोपानी नाका ४८ महिना बन्दपछि २०७५ जेठमा खुलेको हो । त्यसयता पनि पटक–पटक नाका सञ्चालनमा अवरोध हुँदै आएको छ ।
अहिले ३० कन्टेनर आउन थालेपछि दशैँलक्षित सामग्री भित्रिएको छ । व्यवसायीले दशैंका लागि साउनदेखि नै सामान लोड गरे पनि समान आउन नसकेपछि व्यावसायीहरू समस्यामा पर्नेगरेका छन् । फलफूल, रेडिमेड लत्ताकपडा, रोल कपडा, इलोक्ट्रोनिक सामग्री, ओखरलगायत सामान ल्याउने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयको अनुसार अन्य समयमा भन्दा चार्डपर्वमा आयात बढी हुने भएकाले व्यवसायीहरूले सामान धेरै हाल्ने गरेको पाइएको छ । कहिलेकाहीँ चिनियाँ अधिकारीहरूले नेपाली व्यवसायीहरूको मालसामान होल्ड गरिदिँदा केही समय ढिलाइ हुनेगरेको हो । अहिले भने त्यो समस्या कम हुँदै गएको भन्सार कार्यालयको भनाइ छ । अहिले दैनिक १० देखि १४ चिनियाँ कन्टेनरको सामान आउने गरेको छ । चिनियाँ १४ कन्टेनरको नेपालमा २८ कन्टेनर हुन्छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम भन्छन्, ’अहिले कोटा सिस्टममा गाडी छोडिएको छ । तर औसत आयातमा भने वृद्धि भएको देखिन्छ ।’
बाटो भत्किएको ठाउँमा सडक डिभिजन कार्यालय चरीकोटले तत्कालको लागि बाटो खुलाउने काम गरेको छ । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत भन्छन्, ’हामीले नाका पूर्णरूपमा सञ्चालन गर्नको लागि चिनियाँ दूतावास, परराष्ट्रमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाए छौँ ।’ सरकारले नै कूटनीतिक तरिकाले सहज बनाउन आवश्यक रहेको उनले बताए ।
व्यावसायिक हिसाबले उत्तरी नाका छिटो र सहज हो । दशैँका लागि साउनमा समान हाल्ने भए पनि अहिले त्यो देखिँदैन । तातोपानी नाका सहज नहुँदा व्यवसायीहरू मर्कामा परेका छन् । व्यवसायीहरूले भने दैनिकी अहिलेको समयमा २५ देखि ३० चिनियाँ कन्टेनरले समान ल्याउनुपर्ने बताउँछन् । दैनिक करोडौँ राजस्व संकलन हुने यो नाकालाई सरकारले ध्यान नदिँदा अर्बौँ राजस्व गुमेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया