डुब्न लागेको सिन्कोलाई त्यान्द्रोको सहारा
इच्छाराजलाई जोगाउन थरिथरिका बिचौलियाको दौडधूप
काठमाडौं । सिभिल सहकारी ठगेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन बिचौलियाहरुले अहिले मात्र दौडधूप गरेको नभई उनी पक्राउ पर्नुअघि नै बिचौलियाको प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवासम्म कारबाही नगर्न प्रस्ताव पुगेको थाहा भएको छ ।
उनी गत असोज १९ गते पक्राउ परेका थिए । कात्तिक १ गते उनलाई छाड्न दबाब दिन एमालेको प्रदेश नं. १ का पूर्वमन्त्री अमिर बाबु गुरुङ सीआईबीका प्रमुख धीरजप्रताप सिंहसमक्ष पुगेका थिए । तर उनी पक्राउ पर्नुअघि नै पशुपति सहकारीका अध्यक्ष सीबी लामाले इच्छाराजलाई बोकेर कारबाही अघि बढ्न नदिन प्रधानमन्त्री देउवालाई भनिदिन नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई आग्रह गरेका थिए र महामन्त्री कोइरालाले प्रधानमन्त्री देउवालाई सोही सिफारिस गरेका थिए । तर प्रधानमन्त्री देउवाले जनताको बचत रकम ठगेर बिचल्ली पारेकाले कारबाही नरोकिने जवाफ दिएपछि लामाको टोली ङिच्च दाँत देखाएर फर्किएको थियो ।
यति बेला इच्छाराजलाई सीबी लामा अकिर गुरुङको सहयोग डुब्नलागेको सिन्कोलाई त्यान्द्रोको सहारा भनेजस्तै भएको छ । आफैँ डुब्न लागेका पशुपति सहकारीका सीबी लामाले इच्छाराजलाई जोगाउन शक्तिकेन्द्रहरुमा दौडधूप गरे पनि आफैँमाथिको आसन्न संकट टार्न कुन उपाय अपनाउने हुन त्योचाहिँ हेर्न बाँकी छ । प्रधानमन्त्री देउवाले तामाङलाई जनताको बचत फिर्ता गर्न दबाब दिनुअघि नै सिभिल सहकारीका पीडितहरुले प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवासँग भेटेर कारबाही गर्न अनुरोध गरेर कारबाहीको आश्वासन लिएका थिए ।
गत असोज १९ गते पीडितहरुको जाहेरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङलाई पक्राउ गरेपछि अर्थमन्त्री जनार्दन शर्माले सीआईबी प्रमुख सिंहलाई खुट्टा नकमाई कारबाही गर्न निर्देशन दिएको थाहा भएको छ भने सभामुख अग्निप्रसाद सापकोटाले सिभिल सहकारीका पीडितहरुलाई फोन गरी अब कारबाही हुनेमा ढुक्क हुन आश्वासन दिएको थाहा भएको छ । तर पनि इच्छाराजको तर्फबाट दलाली गर्ने केही बिचौलियाले चाहिँ उनलाई छाड्न शक्तिकेन्द्रहरुमा दबाब दिन छाडेका छैनन् ।
इच्छाराजलाई छुटाउन दबाब दिएको विषयमा पशुपति सहकारीका अध्यक्ष तामाङले भने अनभिज्ञता प्रकट गरे । आफू राजनैतिक व्यक्ति भएको र आफूलाई काभ्रेबाट चुनावमा उठ्न टिकट दिने नेता नै कांग्रेस महामन्त्री कोइराला भएकोले आफू नियमितजसो कोइरालाको घरमा जाने गरेको तर आफैँ अध्यक्ष रहेको पशुपति सहकारीबाट बिचल्लीमा पर्दासमेत कोइरालालाई नभनेको भन्दै अरुको समस्या बोकेर नहिँड्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया