काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले मंगलबार प्रदेशप्रमुखमा नियुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेशप्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेशप्रमुख नियुक्त गरेकोे राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेशप्रमुख थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया