मौद्रिक नीतिको पर्खाइमा सेयर लगानीकर्ता
बजार बढे पनि कारोबार रकम घट्यो
काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार सात दशमलव नौ अंकले उकालो लागेर २७ सय ६५ दशमलव ४३ विन्दुमा चढेको छ । कारोबार रकम भने चार अर्ब रुपैयाँभन्दा पनि कम भएको छ । यसले सेयरमा लगानीकर्ताहरु राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको समीक्षामा रहेको संकेत गर्छ । सेयर धितो कर्जामा तोकिएको चार र १२ करोडको सीमालाई राष्ट्र बैंकले कसरी सम्बोधन गर्छ भन्नेमा अधिकांश लगानीकर्ता रहेको संकेत न्यून कारोबार रकमले गराएको छ । आइतबार चार अर्ब ३५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकामा सोमबार घटेर तीन अर्ब ९२ करोड मात्र भएको छ ।
कारोबार रकम कम भए पनि सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले उकालो लागेर पाँच सय १९ दशमलव ४६ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५१ हजार पाँच सय २६ पटकको कारोबारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता सेयर कारोबार भएका छन् । सोही किनबेचका आधारमा सोमबार कुल सेयर कारोबार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ मात्र भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सोमबार कारोबार भएका कुल उपसमूहहरुमध्ये आठवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् भने पाँचवटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक दुई दशमलव ८९ अंकले उकालो लागेर १८ सय २६ दशमलव ५२ विन्दुमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक १० दशमलव ९२ अंकले उकालो लागेर ३२ सय १७ दशमलव २४ विन्दुमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ९९ दशमलव ४८ अंकले उकालो लागेर १२ हजार चार सय ५० दशमलव ५४ विन्दुमा चढेकोमा होटल तथा पर्यटन उपसमूहको सूचक पनि एक सय ४९ दशमलव ७६ अंकले उकालो लागेर ३४ सय ६८ दशमलव ५० विन्दुमा चढेको छ । यीबाहेक ट्रेडिङ, अन्य, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः १५ दशमलव ८३, २७ दशमलव ६५, शून्य दशमलव शून्य छ र शून्य दशमलव ७२ विन्दुले उकालो लागेका छन् ।
विकास बैंक उपसमूहको सूचक भने यस दिन ३४ दशमलव ९९ अंकले ओरालो लागेर ५३ सय ८१ दशमलव दुई विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि २३ दशमलव २९ अंकले ओरालो लागेर २६ सय १२ दशमलव ५१ विन्दुमा झरेको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि सात दशमलव आठ अंकले ओरालो लागेर १४ हजार नौ सय ६९ दशमलव ५१ विन्दुमा झरेकोमा उत्पादनमूलक र लघुवित्त समूहहरुको सूचक पनि क्रमशः २४ दशमलव ९१ र १४ दशमलव ५७ विन्दुले ओरालो लागेका छन् ।
यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १८ सय नौ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य पनि नौ दशमलव ७५ प्रतिशतले बढेर १७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कपनी, नेपाल इन्स्योेरेन्स कम्पनी लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने चार दशमलव १४ प्रतिशतले घटेर चार सय १४ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य तीन दशमलव ७० प्रतिशतले घटेर आठ सय ८४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक रिलायन्स फाइनान्स, तेह्रथुम पावर लिमिटेड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ४१ लाख २५ हजार पाँच सय दुई रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता १४ सय २० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा २९ करोड १८ लाख ६७ हजार चार सय छ रुपैयाँ ४० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक अरुण कावेली पावर लिमिटेड, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया