सिभिल ग्रुपका अध्यक्ष तामाङसहितका व्यक्तिहरूविरुद्धको अनुसन्धान प्रतिवेदन तयार
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिभिल सेभिङ एण्ड क्रेडिटको कोअपरेटिभ लिमिटेड घोटाला प्रकरणमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितका १२ जना व्यक्तिहरुको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुुसार शुक्रबार झण्डै ४० दिन लामो अनुसन्धानपश्चात् तामाङविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।
सीआईबीले असोज १८ गते तामाङसहित १२ जनालाई सिभिल सेभिङ एण्ड क्रेटिड कोअपरेटिभको घोटाला प्रकरणमा पक्राउ गरेको थियो । ‘सोपश्चात् पहिलोपटक पाँच दिन, दोस्रो पटक १८ दिन, तेस्रो पटक १० दिन र चौथो पटक पनि पुनः १० दिन म्याद थप गरी झण्डै ४० दिन हिरासतमा राखेर तामाङसहितको १२ जनाको टोलीविरुद्ध अनुसन्धान सकिएपश्चात् शुक्रबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुुझाएका हौँ’, प्रवक्ता महतोले भने ।
उनका अनुसार सीआईबीले ३६ जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन बुुझाएको छ । सोमध्ये तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको प्रवक्ता महतोले जानकारी दिए । ‘बाँकीको हकमा भने हामीले मतियारको रुपमा मात्र प्रतिवेदन बुझाएका हौँ’, उनले भने ।
उक्त प्रकरणमा पक्राउ परेका अभियुक्तहरुमाथि आठ वर्षको कैद सजाय र पाँच अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको प्रवक्ता महतोको भनाइ छ । ‘पक्राउ परेका तामाङसहितका अभियुक्तहरुमाथि १४ सय ८७ जना पीडित बचतकर्ताहरुले जाहेरी दिएका थिए’, प्रवक्ता महतोले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया