ज्योति विकास बैंकको ‘प्रिपेड डलर कार्ड’
काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाइ गरी एक दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले आइतबारदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो ।
प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरूले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् ।
डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अद्यावधिक गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्कबापत निश्चित रकम लिनेछ र पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ ।
यो सुविधा बैंकका देशैभरिका एक सय पाँचवटै शाखा कार्यालयहरूबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइटमार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवद्र्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ एप सुचारु गरेको थियो ।
बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पौडेललाई थुनामा पठाउने आदेश
- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण
- पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
- सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
- धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
- सेयर बजारले पत्याएन बजेटलाई
- ‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
- गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया