४० लाख रुपैयाँ बिगो ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका ९ स्थायी वतन भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया