पाकिस्तानले भन्यो – शरणार्थी पालिरहेका देशलाई सहयोग गर
इस्लामावाद । पाकिस्तानले शरणार्थी पालिरहेका देशलाई अन्तर्राष्ट्रिय समुदायबाट वृहत् सहयोग गर्नुपर्ने पाकिस्तानले बताएको छ । इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँटको सिद्धान्त अनुसार शरणार्थीलाई सहयोग गर्दै आएका देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन् ।
विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई बस्न दिएर पाकिस्तानले अटल प्रतिबद्धता र आतिथ्यताको उजागर गरको दाबी गरे । उनले अफगानिस्तानमा शान्ति र स्थायित्वको सुदृढीकरण र मानवीय संकट र आर्थिक पतनबाट बच्न आफ्नो देशबाट अफगानीहरूको सम्भावित पलायन रोक्न लामो समय लाग्ने पनि उनले बताए ।
आप्रवासन व्यवस्थापनको क्षेत्रमा सहयोग र सहकार्यका अवसरहरूको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय आप्रवासन नीति विकास केन्द्रले आयोजना गरेको उक्त प्रतिनिधिमण्डल यतिबेला पाकिस्तानको अध्ययन भ्रमणमा छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया