बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोकर्णेश्वर नगरपालिका ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई बिहीबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा दुई दिन कैद र नगद १२ लाख रुपैयाँ जरिवाना ठहर गरी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सुन्ताखानबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
रिजालले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको खाताबाट भुक्तान हुने भनी चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया