एकै महिनामा टाटाले बेच्यो ७६ हजार बढी सवारीसाधन
नयाँ दिल्ली । नयाँ वर्षको पहिलो महिनामा टाटा मोटर्सको बिक्री २७ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारसहित वर्षगत तुलनामा टाटाका गाडीको बिक्री उक्त दरले बढेर ७६ हजार दुई सय १० युनिट पुगेको मंगलबार कम्पनीले जानकारी दिएको हो ।
कम्पनीको सन् २०२१ जनवरीमा कुल बिक्री ५९ हजार आठ सय ६६ रहेको थियो । घरेलु बजारमा समेत टाटाको बिक्री २६ प्रतिशतले बढेर ७२ हजार चार सय ८५ युनिट पुगेको छ । अघिल्लो वर्ष यस्तो बिक्री ५७ हजार छ सय ४९ वटा थियो ।
यसमा कुल पेसेन्जर भेहिकलतर्फ ४० हजार ७७७ युनिट बिक्री भएको छ । अघिल्लो वर्ष यस्तो बिक्री २६ हजार नौ सय ७८ मात्र थियो । यता टाटाले गत महिनामा विद्युतीय गाडीको बिक्री पाँच गुणाले बढेको जनाएको छ । कम्पनीका अनुसार गत वर्ष जनवरीमा पाँच सय १४ युनिटमात्र बिक्री गरेको टाटाले यो वर्ष जनवरीमा दुई हजार आठ सय ९२ वटा विद्युतीय गाडी बेचेको जनाएको छ ।
त्यस्तै कुल कमर्सियल भेहिकलतर्फ गत महिना ३५ हजार दुई सय ६८ वटा सवारीसाधन बिक्री गरेको छ । गत वर्ष यही अवधिमा ३२ हजार आठ सय १६ वटामात्र बिक्री भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया