काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न राजनीतिक दलहरुले ठोस निर्णय नलिए पनि मध्यमार्गी बाटो अपनाएर पास गर्ने तयारी गरेका छन् ।
समाचार स्रोतहरुले दिएको जानकारी अनुसार बिहीबार अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई फोन गरेपछि एमसीसी पास गर्ने बारेमा नेताहरु दबाबमा परेका छन् । अमेरिकी सहायकमन्त्रीले फोन गरेकै दिन नेपाली काँग्रेसले एमसीसी पास गर्नुपर्ने निर्णय गरेको छ भने एमालेले २ गतेको संसद बैठकको दिन आफ्नो दलको कार्यक्रम परेको कारण सार्न भनेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा टेबुल गर्ने पक्षमा देखिएपछि एमाले उपस्थित नभए पनि टेबुल हुने तथा संसद बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेता संसदमा मौन बसेर उपस्थित संख्याको बहुमतले पास गर्ने योजना रहेको स्रोतको दाबी छ ।
जसपाको बाबुराम भट्टराई पक्ष एमसीसीको पक्षमा उभिने उपेन्द्र यादव पक्ष पक्ष र विपक्ष कतै पनि नलाग्ने देखिएको छ । यद्यपि राजनीतिक दलहरुले दुई दिनभित्रमा नयाँ तरिकाले आफूलाई उभ्याउने खेल हुने सम्भावना पनि छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया