बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु सुरज गुरुङ र सुमित भण्डारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार तनहुँको व्यास नगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौं महानगरपालिका वडा नं २६, सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिको सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको साबिक बाह्रबीसे गाविस वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३१, तीनकुने बस्ने वर्ष ३६ का सुमित भण्डारीलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
प्रवक्ता महतोका अनुसार ती दुई व्यक्तिहरुले आ–आफ्नो नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा गुरुङको हकमा २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र भण्डारीको हकमा पाँच दिन कैद र नौ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहरको फैसला भएको थियो ।
अदालतको उक्त फैसलालगत्तै फरार रहेका ती प्रतिवादीहरुलाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले गुरुङलाई आइतबार काठमाडौंको गोंगबुबाट र भण्डारीलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरिएको प्रवक्ता महतोले जानकारी दिए । पक्राउ परेकामध्ये गुरुङलाई ललितपुर जिल्ला अदालत र भण्डारीलाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया