फुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ठहर
काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
यस्तै अदालतले खड्कालाई पाँच हजार रूपैयाँ जरिवाना सुनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध नक्कली प्रमाणपत्र बनाएर नेपाल प्रहरीमा बढुवा भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको थियो । आयोगका अनुसार खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए)को प्रमाणपत्र पेस गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । पछि उनी १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए भने छ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए । उनको प्रमाणपत्रको विषयमा विवाद आएपछि भने उनले राजीनामा दिएका थिए ।
आयोगका अनुसार खड्काले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको थियो । उक्त प्रमाणपत्र नक्कली रहेको दाबीसहित आयोगले खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजार रूपैयाँसम्म जरिवाना सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया