बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिहरु पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखा मीनभवनले बैंकिङ कसुर मुद्दाका दुई जना फरक फरक प्रतिवादीहरुलाई पक्राउ गरेको हो । सोमध्ये सीआईबीले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार पक्राउ परेका थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय हुने फैसला गरेको थियो । सोपश्चात् फरार रहेका प्रतिवादी थापालाई सीआईबीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालत पठाइएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार २०७६ फागुनमा थापाले दिएको प्राइम कमर्सियल बैंकको चेक बाउन्स भएपछि पीडितले थापाविरुद्ध प्रहरीले जाहेरी दिएका थिए ।
यसैगरी महाशाखाले पनि बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार बारा जिल्लाका साबिक अमरपट्टी गाविस वडा नं ४ परिवर्तित पञ्चरौता नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने रामएकवाल चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार चौधरी बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् । चौधरीलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जनाएको छ । चौधरीउपर वि.सं. २०७७ चैत २१ गतेको फैसलाले आठ लाख ७५ हजार रुपैयाँ जरिवाना र चार दिन कैदको सजाय हुने ठहर भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया