सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले दुई थान बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका अधिकारीलाई पनि सीआईबीबाट खटिएको प्रहरीले बिहीबार काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको जानकारी दिएको छ ।
अधिकारीले स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया