बुद्ध जयन्तीमा बुलुदेखि ठेचोसम्म शान्ति -याली
काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले २५६६औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समितिले सोमबार बिहान ललितपुरको बुलु, चापागाउँदेखि ठेचोसम्म शान्ति -याली निकालेको थियो । साथै दिउँसो सत्संग कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
सत्संग कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्रीय प्रभारी महात्मा चमेले बाईजीले पञ्चशीलको पालना गरेमा चित्तवृद्धि शुद्ध हुने र यसले नै मानिसलाई महान् बनाउने बताइन् । अहिले सबैले शान्ति खोजिरहेको तर शान्ति पाउने बाटो सही हुनुपर्नेमा पनि उनले जोड दिइन् । महापुरुषहरुको वाणीलाई आत्मसात् गरे जन्ममरणको चक्रमा पर्नु नपर्ने कुरालाई जोड दिँदै यसका लागि सबैलाई सत्गुरुको साथमा जान समेत उनले आग्रह गरिन् ।
कार्यक्रममा नारायणी अञ्चलकी प्रमुख पुनित बाईजीले तत्वलाई बोध गरेको कारण नै बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसंगको चर्चा गरिन् । बुद्धमा मात्रै नभएर त्यो बुद्धत्व सबैमा भएको तर त्यसलाई सबैले बोध गर्नुपर्नेमा उनको जोड थियो । सत्संग कार्यक्रममा पुनित बाईजीले सम्पत्तिले कसैलाई सुख नदिने भएकाले मनको शान्ति खोज्नुपर्ने र यसका लागि मनलाई स्थिर बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा विभिन्न ठाँउबाट आएका बाईजी, भन्तेहरुको सत्संगको साथै भजन, नृत्य, नाटक पनि देखाइएको थियो । नेपाल मानव धर्म सेवा समितिले मानव कल्याणको क्षेत्रमा विगत पाँच दशकदेखि सामाजिक, आध्यामिक गतिविधिहरु गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया