नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी सञ्चालन गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउन्डेसनका तर्फबाट फाउन्डेसनका प्रेसिडेन्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउन्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन तीन वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा विगत वर्षहरूदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउनु हुँदै सामुदायिक अस्पताल सञ्चालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु-याउन पाएकोमा खुशी व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाइला फाउन्डेसन विसं २०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गर्र्दै आइरहेको एक गैरसरकारी संस्था हो । नेपाली स्वयं सेवकहरू कार्यरत रहेको उक्त फाउन्डेसनले स्थानीय सरकार र स्थानीय साझेदारहरूको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरूमा स्वास्थ्य शिविरहरू स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु-याई आएको छ । कम्पनीको यस सहयोगवाट १५ शय्याको सामुदायिक अस्पतालको सञ्चालन भई उक्त क्षेत्रवरिपरि रहेका करिब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया