घुससहित स्कूलका प्रधानाध्यापक र अध्यक्ष पक्राउ
काठमाडौं । महोत्तरीको एकडारा–३ को श्री मा.वि.का प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान घुस रकमसहित पक्राउ परेका छन् । विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको लागि महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशवाट ५० लाख रकम विनियोजन भई विद्यालयमा गएको बजेटमा आफूहरुलाई कमिसनबापत सात प्रतिशत रकम अग्रिम आफूहरुलाई चाहिने भन्दै काममा अवरोध गरेका थिए ।
आफैँ प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनको अध्यक्षमा बहाल रहेका व्यक्तिहरुले नै विद्यालयकै काममा कमिसन खोजेपछि ठेकेदारले सोबापत किस्ताबन्दीमा कमिसन दिने भन्दै जिल्लाकै जलेश्वर न.पा.–२ टाउन प्लानिङस्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा ५० हजार दिँदै र उनीहरुले लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया