काठमाडौं । नेपालका लागि भारतीय डेप्युटी चिफ अफ मिसन प्रमुख नाम्ग्या छोडेन खाम्पा बुधबार साँझ मुस्ताङ पुगेकी छिन् । उनीसहित आठ जनाको परिवारिक सदस्य र चार जना अफिसियल कर्मचारी काठमाडौंबाट पोखरा हुँदै बेनी – जोमसोम सडकको यात्रा गर्दै मुस्ताङको जोमसोम पुगेकी हुन् ।
भारतीय डेप्युटी चिफ अफ मिसन खाम्पा जोमजोम पुग्नुपहिले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरीसहितको टोली पनि मुस्ताङ पुगेका थिए । अमेरिकी दूतावासको सो टोली उपल्लो मुस्ताङ गएको छ ।
पाँचदिने मुस्ताङ भ्रमणमा पुगेकी भारतीय डेप्युटी चिफ अफ मिसन खाम्पा मुक्तिनाथ दर्शन गरी लोमान्थाङ जाने कार्यक्रम छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा अमेरिकी राजदूत र भारतीय अधिकारी एकै पटक पुग्नु संयोग हो या अरु कुनै कारणहरु छन् सो खुलेको छैन ।
मुस्ताङलाई नै टार्गेट गरी नेपालको संसद्बाट पास भई कार्यान्वयन चरणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पछि भारतीय र अमेरिकी अधिकारीको मुस्ताङ भ्रमणले कुनै खास अर्थ लाग्न सक्ने जानकारहरु बताउँछन् ।
नेपालको मनाङ तथा मुस्ताङ जिल्लामा बहुमूल्य युरेनियम खानी रहेको र एमसीसीको नाममा अमेरिकाले सो बहुमूल्य युरेनियम खानी कब्जा गर्ने तथा चीनको स्वशासित क्षेत्र तिब्बतको समेत निगरानी गर्ने र त्यसमा भारतले अमेरिकाको साथ दिने गरी मिसन चलाइरहेको चर्चा नेपालमा हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया