लण्डन । बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य मंगलबार ह्वात्तै घटेको छ । मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढ्ने डरसँगै लगानीकर्ताले जोखिमपूर्ण मानिने यी मुद्राबाट हात झिकेपछि डिजिटल मुद्राको मूल्य घटेको बताइएको छ ।
विश्वका दुई ठूला क्रिप्टोकरेन्सी प्लटेफर्महरुले सोमबार बजार अझै घट्नसक्ने देखेर गतिविधिमा कडाइ गरेका थिए । १७ लाख ग्राहक रहेको द सेल्सियस नेटवर्कले सबै विथड्रहरु छोटो समयका लागि रोकेको जनाएको छ । कम्पनीले क्रिप्टो स्वापहरु र ट्रान्सफर पनि रोकेको थियो ।
‘हाम्रो कारोबारलाई फाइदाका लागि आवश्यक कदम चालिरहेका छौँ, यो तरलता र सेवालाई स्थिरता दिनका लागि भएकाले आवश्यक कदम चालेर सम्पत्तिको सुरक्षा गर्नेछौँ’, एक ब्लगपोस्टमा कम्पनीले भनेको छ ।
बेलायतमा दर्ता भएको कम्पनीमा तीन अर्ब ७० करोड डलरबराबरको सम्पत्ति रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । कम्पनीले क्रिप्टोकरेन्सी डिपोजिटमा ब्याज दिन्छ र तिनलाई ऋणको रुपमा प्रदान गरी कमाउँछ ।
महामारीपछि फस्टाएको क्रिप्टो बजार ओरालो लाग्न थालेको छ । विश्वका केन्द्रीय बैंकहरुले बढ्दो महंगीको सामना गर्न ब्याजदर बढाइरहँदा व्यापार कारोबारी जोखिमपूर्ण लगानीको सुरक्षामा लागेका छन् । त्यसमा अस्थिर क्रिप्टो सम्पत्ति पनि पर्छन् ।
मंगलबार विश्वकै महंगो क्रिप्टोकरेन्सी बिटक्वाइन पनि आठ प्रतिशतले घटेको छ । योसँगै प्रतिबिटक्वाइन मूल्य २३ हजार अमेरिकी डलरभन्दा मुनि पुगेको छ । शुक्रबारमात्रै कम्पनीले आफ्नो २५ प्रतिशत मूल्यक्षति व्यहोरेको थियो ।
नोभेम्बरमा गत वर्ष हालसम्मकै उच्च विन्दुमा पुगेको बिटक्वाइन अहिले ६७ प्रतिशतले झरिसकेको छ । त्यतिखेर यसको मूल्य प्रतिबिटक्वाइन ६९ हजार अमेरिकी डलर पुगेको क्वाइनबेसको तथ्यांकले देखाएको छ । त्यस्तै दोस्रो मूल्यवान् मानिएको एथर पनि शुक्रबारयता चार प्रतिशतले घटेको छ । नोभेम्बरयता एथर ७५ प्रतिशतले सस्तिएको छ ।
विश्वको ठूलो क्रिप्टोकरेन्सी विनिमय बजार बाइनान्सले सोमबार केही घण्टाका लागि कारोबार बन्द गरेको थियो । केही स्थिर मानिएका परम्परागत सम्पत्तिहरु समेत जोखिममा देखिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया