काठमाडौं, फागुन ९
भौतिक पूर्वाधार विकासको क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ताकेता सकारात्मक दिशातर्फ उन्मुख भएको देखिएको छ । अख्तियारले ताकेता गर्दा एक वर्ष ६ सय १८ वटा रुग्ण ठेक्काको काम पूरा भएको अख्तियारले जनाएको छ ।
एक वर्षअगाडि अख्तियारले तयार पारेको प्रतिवेदनमा देशभर एक हजार आठ सय ४८ वटा रुग्ण ठेक्काका योजनाहरु रहेकामा अहिले एक हजार दुई सय ३० वटामा झरेको छ । ‘एक वर्षको अवधिमा भएको यो उपलब्धिलाई सकारात्मक रुपमा लिन सकिन्छ’, अख्तियारले केही दिनअगाडि सार्वजनिक गरेको रुग्ण ठेक्काको अध्ययन तथा विश्लेषण, २०७५ को दोस्रो भागमा भनेको छ ।
अख्तियारका अनुसार एक वर्षको अवधिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत एक सय ९४ वटा, सहरी विकास मन्त्रालय÷सहरी विकास तथा भवन निर्माण विभागका एक सय ३७, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय÷जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका एक सय चार, नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका ४६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन प्राधिकरणका २९ वटा, नेपाल टेलिकमका १८ वटा, स्थानीय पूर्वाधार विभागका ७४ वटा र खानेपानी तथा ढल व्यवस्थापन विभागका १६ गरी ४७ अर्ब तीन करोडबराबरका छ सय १८ वटा योजना सम्पन्न भएका हुन् ।
अघिल्लो वर्ष अख्तियारले सडक विभागका नौ सय छ वटा, भवन निर्माण विभागका चार सय ४२ वटा, सिँचाइ विभागका दुई सय ३५ वटा, प्राधिकरणका ९१ वटा, नागरिक उड्डयन प्राधिकरणका ३७, टेलिकमका २३, स्थानीय पूर्वाधार विभागका ९७ र खानेपानी तथा ढल व्यवस्थापन विभागका १७ गरी एक खर्ब ३५ अर्ब दुई करोड बराबरका एक हजार आठ सय ४८ वटा ठेक्का रुग्ण रहेको भन्दै तिनीहरुलाई टुंगोमा पु¥याउन सरकारलाई ताकेता गरेको थियो ।
अख्तियारले बाँकी ठेक्काबारे ताकेता जारी रहेको भन्दै चाँडो टुंगोमा पु-याउन यस पटक पनि सरकारलाई निर्देशन दिएको छ । अख्तियारका अनुसार अझै सडक विभागका सात सय एक वटा, सहरी विकास तथा भवन निर्माण विभागका दुई सय ९३ वटा, सिँचाइ विभागका एक सय ३० वटा, विद्युत प्राधिकरणका ४३ वटा, नागरिक उड्डयन प्राधिकरणका सात वटा, टेलिकमका चार, स्थानीय पूर्वाधार विभागका २३ र खानेपानी तथा ढल व्यवस्थापन विभागका एक गरी एक हजार दुई सय दुई वटा क्रमागत योजना कार्यान्वयन भइरहेका छन् । सबैभन्दा बढी रुग्ण ठेक्का सडक विभागमा रहेको अख्तियारको अध्ययनले देखाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया