अर्थसचिव ढुंगाना तथा नाडा प्रतिनिधिमण्डलबीच छलफल
काठमाडौं, फागुन ९
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डल र अर्थसचिव शिशिर ढुङ्गानाबीच फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पार्टसको आयात सन्दर्भमा देखिएका समस्याहरुबारे छलफल भएको छ । सचिव ढुङ्गानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन समेत दिए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ढुंगानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाले अटोमोबाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरुबारे आआफ्नो धारणा राखेका थिए । महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउनेबारे पनि आफ्नो धारणा राखे ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १० सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थसचिव ढुंगानासँग भेटी फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया