रिचार्ज पोखरी फुट्दा ८ घरपरिवार विस्थापित
दोलखा । दोलखामा बाढी–पहिरोका घटना दैनिक रुपमा हुनथालेका छन् । आइतबार रातिको अविरल वर्षाले सदरमुकाम चरिकोट नजिकै रहेको रिचार्ज पोखरी फुटेर बस्ती पस्दा आठ घर पूर्ण रुपले क्षति भएको छ भने दुई दर्जन घर परिवारलाई जोखिममा परेका छन् ।
चरिकोट नजिकै रहेको म-याङ खोलामा भीमेश्वर नगरपालिकाले केही वर्षअघि रिर्चाज पोखरी निर्माण गरेको थियो । बस्तीमाथि रहेकोे पोखरी फुटेर बाढी आउँदा म¥याङ खोला छेउछाउ रहेको दुईवटा बस्तीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरीको पानीसँगै बगेको पहिरोले चरिकोट–सिंगटी सडक खण्ड करिब सात घण्टा अवरुद्ध बनेको थियो । सडक थुप्रेको पहिरोलाई चरिकोटमा रहेको सशस्त्र प्रहरी बलले पन्छाएर सोमबार बिहान ८ बजेपछि अवरुद्ध सडक सञ्चालन ल्याएको सशस्त्र प्रहरी बल १८ नम्बर गुल्माका प्रहरी निरीक्षक जयन्त केसीले जानकारी दिए ।
यस्तै आइतबार राति नै सिंगटी बजारमा माथिबाट पहिरो जाँदा बजारस्थित खोलिखिमका दुईवटा घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । दुवै घरका सदस्य पहिरो जानुअघि नै अन्यत्र बसेको हुँदा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ । आइतबार राति नै दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको थियो ।
खिम्ती खोला, जिरी खोलालगायत तामाकोशीका साना सहायक नदीमा आकस्मिक वहाव बढ्ने सूचना दिएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मानवीय क्षति नभए पनि आइतबार रातीको बाढी पहिरोले करोडौंको खेतीयोग्य जमिन र घरमा क्षति भएको छ । बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा अझै केही दिन बाढीको खतरा रहेको र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया