बुटवल । मर्चवारी गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरु समयमै सक्ने गरी सोहीअनुसारका योजनाहरु निर्माण गर्दै अगाडि बढेको छ । गत आर्थिक वर्षमा पनि पालिकामा योजना कार्यान्वयनको अवस्था राम्रो रहेको स्थानीयहरुको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले जिल्लाको सबैभन्दा पिछडिएको क्षेत्र रहेकाले पनि यहाँ सम्भावित विकासनिर्माणका कामहरु उलेख्य रुपमा गर्न कठिनाइ भइरहेको बताए । पालिकामा पछिल्लो पाँच वर्षमा बिस्तारै विकासनिर्माणले गति लिएको छ । सडकजस्ता केही पूर्वाधारका कार्यहरु निर्माण हुन थालेका छन् ।
यसअघि पालिकामा आर्थिक अवस्था कमजोर हुँदा उपभोक्ताको लागत सहभागितामा मात्रै योजनाहरु निर्माण गर्ने अवस्था रहे पनि हाल उक्त अवस्था न्यून भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराई बताउँछन् । यस्तै मर्चवारी क्षेत्रलाई जिल्लाको अन्नको भण्डारको रुपमा पनि चिनिन्छ । यहाँका अधिक सर्वसाधारणहरुको पेसा भनेको कृषि हो र जनस्तर सुधार्ने प्रमुख सम्भावनाको स्रोत पनि कृषि हो ।
पालिकाले व्यावसायिक कृषिलाई विशेष जोड दिँदै शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइजस्ता यहाँका मुख्य–मुख्य समस्यालाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्नेगरेको छ । चालू आर्थिक वर्षको तेस्रो महिना अर्थात् प्रथम त्रैमासिक चालिरहँदा चालू आवको पुँजीगत बजेट कार्यान्वयनको प्रारम्भ भएको पालिकाले जनाएको छ ।
पालिकाका लेखा अधिकृत युवराज घिमिरेले चालू आर्थिक वर्षका लागि पालिकाले ५१ करोड ३६ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले कुल बजेटमध्ये १७ करोड ९८ लाख ५० हजार रुपैयाँ पुँजीगततर्फ र ३३ करोड ३८ लाख २० हजार रुपैयाँ चालूतर्फ बजेट विनियोजन भएको जानकारी दिए ।
गत आर्थिक वर्षका लागि विनियोजित बजेटको कुल ७८ दशमलव १९ प्रतिशत चालू र ७४ दशमलव ५९ प्रतिशत पुँजीगत बजेट खर्च भएको बताउँदै उनले शतप्रतिशत बजेट खर्च हुन नसक्नुमा विशेष गरेर एक/दुई वटा ठेक्का प्रक्रियाका योजनामा पूरै काम हुन नसक्नु र सिँचाइको योजना कार्यान्वयनमा ढिलो डीपीआर तयार हुनु रहेको बताए । गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था निकै कम भएकोले आम्दानी वृद्धिका खासै स्रोतहरु पनि नभएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया