भूकम्पपीडित टर्कीका नागरिकलाई चेम्बरका राहत सहयोग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्पपीडित टर्कीका नागरिकलाई राहत सामग्री सहयोग गरेको छ । टर्कीको गएको महाभूकम्पका कारण प्रभावित भएका नागरिकहरूका लागि मानवीय सहायतास्वरूप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामग्रीहरू सहयोग गरेको हो ।
टर्कीका प्रभावित नागरिकका लागि पाँच सय थान पस्मिनाका वस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । नेपालमा २०७२ सालको विनाशकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपत्मा एक–अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए । चेम्बरले गृहमन्त्रालयमार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकताअनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर अफ कमर्सले यसअघि अफगानस्तानमा पनि मानवीय सहायताअन्र्तगत आर्थिक सहयोग गरेको थियो । परराष्ट्र मन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्लसहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया