मानुषी लघुवित्तको दोस्रो त्रैमासिक नाफा ४४ लाख ६६ हजार रुपैयाँले ऋणात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४४ लाख ६६ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८४ करोड ५८ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५६ करोड ४६ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड २४ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७१ करोड तीन लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ७७ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6
ताजा अपडेट
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया