बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राखिने
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।
यस्तै विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा–समारोह तथा बैठकमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय पनि गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । राससका अनुसार बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवर्द्धनका लागि सभा–समारोहमा बुद्ध बचनको प्रार्थना र बुद्धमूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसँगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकमा बुद्ध बन्दना वाचन अनिवार्य गरेको हो । सभा–समारोहस्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राख्ने निर्णयसमेत विश्वविद्यालयले गरेको छ ।
बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शनका विविध कार्यक्रम सञ्चालनमा छन् ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया