राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू
काठमाडौं,निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले बुधबारदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि संघीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।
स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । यस्तै मंगलबार ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्ने कार्यक्रम रहेको थियो । उक्त अवधिमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि मंगलबार नै उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन गरिएको छ ।
राष्ट्रपतिको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
क्याटेगोरी : निर्वाचन २०७९, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया