चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक बुधबार शिलान्यास गरिएको छ ।
भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर– ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । ती दुबै सडक निर्माणका लागि महालक्ष्मी/ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ । वडा नम्बर २५ को सडक निर्माणका लागि करबाहेक रु. १० करोड ८६ लाख ५३ हजार चार सय ३५ र वडा नम्बर ९ को सडक करबाहेक रु. दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्दै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको राससलाई बताए । उनले भने “अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।” महानगरपालिकाभित्र रिङरोड र लिङ्क रोड निर्माण अघि बढिरहेको उनको भनाइ छ ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।” सडक कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
- वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको केन्द्र बनेको छ: महामन्त्री थापा
- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणकै पक्षमा छ: प्रधानमन्त्री दाहाल
- भीमफेदी कार दुर्घटना: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
- संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पारित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया