काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख नौ हजार ७२ रूपैयाँबराबरको सहयोग गरेको छ । संघले महाभूकम्पपछिको पुनर्निर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित संघको सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्रीहरू आविष्कार केन्द्रलाई सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका उपकरण एवं सामग्रीहरू आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनाका लागि प्रयोग गरिनेछ । संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पु-याइरहेको रहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको बताइन् । यस्तै संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरूले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया