सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता
काठमाडौं, चैत १०
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँैका बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रालिबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ । सम्झौतापश्चात् बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरूले बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकवर्गहरूले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट सञ्चालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८५ वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सय पाँचवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पौडेललाई थुनामा पठाउने आदेश
- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण
- पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
- सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
- धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
- सेयर बजारले पत्याएन बजेटलाई
- ‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
- गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया